नेपाल-मलेसिया ओमन्स क्रिकेटमा नेपालले दियो ५१ रनको लक्ष्य

१५ जेठ, काठमाडौं । नेपालले मलेसियालाई ५१ रनको झिनो लक्ष्य दिएको छ। महिला क्रिकेट अन्तर्गत मलेसियाको वाइएस युकेएम ओभलमा पहिले ब्याटिङ गरेको नेपालले खराब प्रर्दशन गर्दै ५० रनमा समेटिएको हो।

पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाली ब्याट्सओमनहरुले खराब प्रदर्शन गरेका हुन्।

टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ दशमलव ५ ओभरमा ५० रन बनाउँदै अलआउट भएको हो।

नेपालको लागि डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् भने ज्योती पान्डेले ११ रन बनाइन्। नेपालका अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन नसकेपछि मलेसियाले झिनो लक्ष्य पाएको छ।

मलेसियाका लागि नीर नुर अतिलाले ३ तथा ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २/२ विकेट लिइन्।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र मलेसियाको टोली हालसम्म तीन पटक आमने सामने भएका छन्। तीनै खेलमा नेपाली टोली विजेता बन्दै आएको छ।

मलेसियाले केही समयमा जवाफी ब्याटिङ सुरु गर्ने छ।

दोस्रो खेल मे ३० मा खेल्दा जुन १ मा तेस्रो खेल खेल्ने कार्यतालिका छ। जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल खेल्दै सिरिज समाप्त हुने छ।

पछिल्लो पटक नेपालले मलेसियामासँग गत वर्ष जुन १७ देखि २५ सम्म आयोजना भएको एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेलेको थियो। उक्त खेलमा नेपाल विजयी भएको थियो।



मल्टिमिडिया ग्यालरी

businessnepalNewsPolitic
Comments (0)
Add Comment