रेशम चौधरी जेलबाट रिहा,  लागे मन्त्री क्वाटरतिर

१५ जेठ, काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी जेलबाट रिहा भएका छन्। उनी नागरिक उन्मुक्ति पार्टीका एक कार्यकर्ताको गाडीमा चढेर बाहिरिएका हुन्।

उनी त्यहाँबाट सिधै मन्त्री क्वाटर पुल्चोक लागेको उक्त पार्टीका कार्यकर्ताले बताएका छन्। चौधरीपत्नी एवं नागरिक उन्मुक्ति पार्टी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी वर्तमान सरकारमा मन्त्री छन्।

चौधरीले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका हुन्। जन्मकैद सजाय पाएका उनले ५ वर्ष तीन महिना जेल सजाय काटेका छन्। उनलाई १४ वर्ष ९ महिना जेल सजाय छुट गरिएको हो।

२०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन भएको थियो। त्यही क्रममा भदौ ७ गते टीकापुरमा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो। उक्त घटनाका लागि अदालतले चौधरीलाई दोषी ठहर गरेको थियो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment