त्यसैले म ‘द केरला स्टाेरी’ हेर्न चाहन्न?’

१० जेठ, काठमाडाैं । ‘द कश्मीर फाइल्स’ बाट प्रेरित भएर फिल्म र फिल्ममेकरहरुकाे एउटा नयाँ नस्ल उदाइरहेकाे छ। एउटा सरकार जो ‘गुजरात फाइल्स’, ‘गोडसे फाइल्स’ लाई लुकाउन र बन्द गर्न चाहन्छ अनि चाहन्छ कि ‘कश्मीर फाइल्स’, ‘केरला स्टोरी’, ‘दिल्ली फाइल्स’ र ‘रझाकार फाइल्स’ जस्ता फिल्महरु सामुन्ने आउन्।

‘द केरला स्टोरी’ नामक याे फिल्म ५ मे मा रिलिज भयाे। सुदीप्तो सेनद्वारा निर्देशित र विपुल अमृतलाल शाहद्वारा निर्मित याे फिल्मकाे टिजर गतबर्ष २ नाेवेम्बरमा रिलिज गरिएकाे थियाे र ट्रेलर २७ अप्रैलमा। यी दुवै सामग्री यस कुरालाई इङ्गित गर्नका लागि पर्याप्त थिए कि याे फिल्ममा के देखाइन्दैछ? म ‘द केरला स्टोरी’ लाई हेर्न चाहन्न। किन हेर्न चाहन्न? यसका कारणहरु निम्नअनुसार छन्,

एजेण्डा र प्राेपागाण्डाद्वारा संचालित फ़िल्म

पूर्ववर्ती दक्षिणपन्थी प्राेपागाण्डा फिल्महरुका अनुरूप, याे फिल्म ‘द केरला स्टाेरी’ पनि हिन्दु दक्षिणपन्थी एवं साम्प्रदायिक एजेण्डा एवं प्राेपागाण्डाद्वारा संचालित छ। यसकाे उद्देश्य मुस्लिम पुरुषहरुले प्रेमकाे नाममा निर्दोष हिन्दु युवतीहरुलाई फँसाउने र उनीहरुलाई इस्लाममा धर्मांतरित गर्ने षड्यन्त्र रच्ने आख्यान गढ्नु हाे। यसले योगी आदित्यनाथद्वारा गढिएकाे ‘लव-जिहाद’ काे विचारलाई इअपनाउँछ र याे देखाउने कोशिश गर्छ कि अन्तर्राष्ट्रिय इस्लामी कट्टरपन्थी नेटवर्ककाे सहायताले केरलामा यस षड्यन्त्रलाई कसरी मूर्त रुप प्रदान गरिन्दैछ। ‘लव-जिहाद’ काे विचार निर्माणका अतिरिक्त केरलालाई एक यस्ताे प्रयाेगशालाकाे रूपमा देखाउने यसकाे लक्ष्य छ, जहाँ इस्लामी कट्टरपन्थीहरु उत्पादन गरिन्दैछ।

आधारहीन र तथ्यहीन

‘द केरला स्टाेरी’ काे टिजर र ट्रेलरमा अहिलेसम्म केरलाकाे लगभग ३२,००० महिलाहरुलाई इस्लाममा धर्मान्तरित गरिएकाे र ISIS ज्वाेइन गर्न उनीहरूलाई यमन र सीरियामा पठाइएकाे दाबी गरियाे तर यस संख्याकाे स्रोत स्पष्ट खुलाइएन। (पछि यही कुरालाई लिएर सर्वोच्च अदालतमा मुद्दा दायर गरियाे। साे मुद्दामाथि सर्वाेच्च अदालतकाे फैसलापछि फिल्ममेकरहरुले याे सँख्या ३२,००० बाट हटाएर ३ मा झारे। यसबाट पनि प्रष्ट हुन्छ उनीहरुले केवल प्राेपागण्डा गरेका थिए।)

Institute of Defence Studies & Analysis’ (IDSA) काे डॉ. आदिल रशीदकाे एउटा शाेधपत्र छ, जसकाे शीर्षक छ, ‘Why fewer Indians have join ISIS?’ (किन अति कम भारतीयहरुले ISIS ज्वाेइन गरे ?)। यसमा भनिएको छ कि विश्वभरि ISIS काे लगभग ४०,००० recruit छन् जसमध्ये भारतबाट १०० भन्दा कम प्रवासी सीरिया र अफगानिस्तानकाे ISIS क्षेत्रमा ISIS ज्वाेइन गर्न गएका छन् र लगभग १५५ जनालाई ISIS सँग सम्बन्ध भएकाे कारण गिरफ्तार गरिएको छ।

विश्वभरिमा ISIS भर्तिकाे ‘World Population Review’ काे तथ्यांकबाट थाहा हुन्छ कि ISIS recruits ठूलाे सँख्यामा इराक, अफगानिस्तान, रूस, ट्युनिसिया, जाेर्डन, साउदी अरब, टर्की, फ्रान्स आदि देशहरुबाट भर्ति भएका थिए। सबभन्दा बढी भर्ती मध्य-पूर्व र त्यसपश्चात् यूरोपेली संघका देशहरुबाट भएका थिए। केरलाकाे विशिष्ट मामिला र ISIS मा सामेल हुने केरलाका धर्मान्तरित महिलाहरुलाई बिर्सिदिने हाे भने ISIS मा जाने भारतीयहरुकाे संख्या नै नगण्य थियाे।

यसरी, ‘द कश्मीर फाइल्स’ ले जसरी याे फिल्मले पनि केवल एक पूर्वाग्रही र झुटाे आख्यानकाे प्रचार गर्नका लागि बिना कुनै तथ्यांक र बिना कुनै स्रोत संख्याहरुलाई बढाइचढाइ गरेर प्रस्तुत गर्छ।

सत्यलाई सजिलैसँग लुकाउँछ

केरला राम्रा कारणहरुले अधिक चर्चामा रहेकाे छ। याे मानव विकासकाे मोर्चामा अग्रणी राज्य रहेकाे छ र मानव विकास सूचकांक (HDI-Human Development Index) वा मापदण्डहरुमा लगातार शीर्षस्थानमा रहेकाे छ। केरलाकाे HDI parameter थुप्रै यूरोपेली देशहरु बराबर छ। विकासकाे ‘केरला माेडल’ ले नोबेल पुरस्कार विजेता अमर्त्य सेनसहित प्रमुख अर्थशास्त्रीहरुकाे ध्यानाकर्षित गरेकाे छ। केरला शतप्रतिशत साक्षरता प्राप्त गर्ने भारतकाे पहिलाे राज्य हाे। केरलाले प्रवासीका मुद्दालाई सम्बाेधन गर्दा मानवीय दृष्टिकोण प्रदर्शित गर्‍याे।

केरलाले काेभिड महामारीकाे चरमाेत्कर्षका दाैरान कसरी राज्य र नागरिक समाजकाे सहकार्यद्वारा याे प्राणघातक महामारीलाई फैलिनबाट राेक्न सकिन्छ, यसकाे एउटा गतिलाे उदाहरण प्रस्तुत गर्‍याे। कोविडकाे दाेस्राे लहरकाे दौरान जहाँ देशका अन्य राज्यहरुमा अनगिन्ती सर्वसाधारणहरुकाे मृत्यु भयाे, त्यही केरलामा प्रभावकारी अक्सिजन संयन्त्र निर्माण गर्ने दुरदर्शी कदम चालेर अनगिन्ती सर्वसाधारणहरुकाे ज्यान बचाइयाे।

सामाजिक सद्भावकाे मोर्चामा पनि केरला अग्रस्थानमा छ। धार्मिक बहुलवाद र साम्प्रदायिक सद्भाव/सह-अस्तित्व केरलाकाे सामाजिक जीवनकाे अभिन्न अंग हाे। त्यसैले केरलामा मब लिन्चिङ, साम्प्रदायिक हिंसा वा साम्प्रदायिक दंगाका घटनाहरु कमै सुन्न पाइन्छ। यदि सामाजिक समरसतामाथि कुनै सूचकांक विकसित गरियाे भने सम्भवतः केरला त्यसकाे शीर्षस्थानमा हुनेछ। याे सत्य-तथ्य घाम जतिकै छर्लङ्ग हुनकाे बावजुद याे फिल्म केरलामा समाजकाे सत्यलाई लुकाउन खाेज्छ र केरलालाई इस्लामिक कट्टरपन्थी तत्वहरुद्वारा इस्लामिक राज्यमा बदलने उद्देश्यले कब्जा गरिएकाे र केरलामा धर्मान्तरण र ISIS recruitment तीब्र रुपमा भइरहेको प्राेपागाण्डा गर्छ।

घातक र विषाक्त

याे फिल्म केरलाकाे समाजकाे कुनै सकारात्मक सेवा गर्दैन। यसकाे साटाे याे फिल्म केरलामा धार्मिक घृणाकाे बिषलाई फैलाउने कोशिश गर्छ, जो घातक छ। एक मुसलमानकाे वरिपरि झुटाे कथा गढेर यस्ताे गर्ने कोशिश गर्छ जस्ताे ‘दि कश्मीर फाइल्स’ मा गरिएको थियाे। यसकाे उद्देश्य याे आख्यानकाे निर्माण गर्नु हाे कि एक मुस्लिम हुनुकाे अर्थ हाे, कट्टरपन्थी हुनु, धर्म परिवर्तनका लागि प्रेरित गर्ने र षड्यन्त्रकारी हुनु हाे’ जबकि यस कुरासँग विमति छैन कि सबै धर्ममा कट्टरपन्थीहरु हुन्छन् तर याे फिल्ममा हरेक मुसलमानलाई कट्टरपन्थी देखाउने काेशिश गरिएकाे छ।

पर्खाल खडा गर्नु र पुलहरुलाई हटाउनु

याे फिल्मकाे उद्देश्य धार्मिक समुदायहरुका बीचमा पर्खाल खडा गर्नु हाे। ‘द कश्मीर फाइल्स’ ले हिन्दु र मुसलमानहरुका बीचमा पर्खाल खडा गर्ने यस्तै प्रयास गरेका थिए। त्यसैलाई, ‘द केरला स्टोरी’ मा दोहराइएकाे छ।

अर्काेतर्फ, याे फिल्म धार्मिक समुदायहरुलाई जोड्ने पुलहरुलाई समाप्त पार्न चाहन्छ। याे कुनै आश्चर्यकाे कुरा हैन कि एक विचारधारा, जो धर्म र जाति जस्ता कृत्रिम पर्खालहरुलाई नष्ट गर्नमा विश्वास गर्दैन, त्याे ती पर्खालहरुकाे निर्माण गर्न चाहन्छ।

जबकि अन्तरधार्मिक र अन्तर्जातीय विवाहका उदाहरण एक अधिक सामन्जस्यपूर्ण समाजकाे निर्माणकाे दिशामा एउटा आन्दोलन हुन सक्छ, तर हिन्दुत्व विचारधाराका लागि याे एउटा षड्यन्त्र हाे।

उपरोक्त कारणहरुका आधारमा म ‘द केरला स्टोरी’ लाई हेर्न चाहन्न र यसकाे बहिष्कार गर्छु। यस्ता फिल्महरु केवल बहुसंख्यक धर्मका सदस्यहरुलाई कट्टरपन्थी बनाउने हिन्दुत्वकाे समर्थकहरुकाे उद्देश्यलाई पूरा गर्छ। त्यसैले, ‘द कश्मीर फाइल्स’ लाई जसरी म याे फिल्मलाई खारेज गर्छु।

टी. नवीन एक स्वतंत्र लेखक हुन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment