स्वास्थ्यका लागि पुदिना

०६ जेठ, काठमाडौं । हाम्रो घरवरपर धेरैतिर पाइने बिनामलजल पनि सजिलै मौलाउने पुदिनाको सेवन मानव स्वास्थ्यका लागि बहुउपयोगी मानिन्छ । पुदिनाबाट टुथपेस्ट, चुइंगम, माउथ फ्रेसनर, मिठाइ आदि बनाइन्छ । यसबाहेक आयुर्वेदमा पुदिनाको प्रयोग अन्य रोगको उपचारमा पनि गरिन्छ ।

औषधीय गुणले भरिएको पुदिनाको पातमा विभिन्न रोग निवारण गर्ने क्षमता हुन्छ । पुदिनामा प्रचुरमात्रामा भिटामिन ‘सी’ हुने भएकाले यसले जस्तै थकित मानिसलाई पनि फ्रेस बनाउने गर्दछ ।

हिमाली क्षेत्रमा बाहेक तराई र पहाडी क्षेत्रमा सजिलै पाइने पुदिनाको स्वाद र सुगन्धले भोजनमा रुचि बढाउँछ । नरिवलको तेलसँग पुदिना पिसेर मिश्रण बनाई छाती, नाक र घाँटीमा मालिस गरे श्वासप्रश्वासको समस्या हटेर जाने बताइन्छ ।

यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यत्तिकै सहयोग गर्छ । यो गर्मीका समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ । यसका धेरै लाभहरू भए पनि कतिपय अवस्थामा भने हानिकारक पनि मानिन्छ ।

यस्तै, दमका बिरामीले पुदिनाको पात तातोपानीमा हालेर बाफ लिँदा यो अत्यन्तै लाभदायक हुन्छ । त्यस्तै, हात, खुट्टा र जोर्नीको दुखाइमा बदामको तेलसँग पुदिनाको केही थोपा मिसाएर मालिस गरे दुखाइबाट आराम मिल्छ । यसमा फाइबर हुन्छ, जसले तपाईंको कोलेस्ट्रोलको लेबल कम गर्न सहयोग गर्छ । यसमा रहेको म्याग्नेसियमले हड्डीमा तागत दिन्छ । पुदिनामा भिटामिन ‘ए’, ‘बी’, ‘सी’, आइरन, क्याल्सियम र पोटासियमको मात्रा अधिक हुन्छ । यसलाई हामी अचार वा सलादबाहेक चियाका रूपमा समेत सेवन गर्न सक्छौँ ।

तर, बहुउपयोगी गुण भएको पुदिनाको बढीमात्रामा सेवन गरेमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ । साथै मिर्गाैलामा समेत असर गरी पत्थरीको समस्या निम्त्याउने विज्ञहरूको भनाइ छ ।

ग्यास्ट्रो ओसोफेजियल रिफ्लक्स रोगबाट पीडित व्यक्तिहरूले पुदिनाको प्रयोग नगर्न सुझाव दिइन्छ । त्यस्तै, पुदिनाको अत्यधिक प्रयोगले तपाईंको मिर्गौला र आन्द्रालाई हानि पुर्‍याउन सक्छ ।

पुदिना वा पुदिनाको पातमा धेरै औषधीय प्रभावहरू रहेका हुन्छन्, जसको सेवन शरीरलाई अत्यधिक लाभदायक मानिन्छ । पुदिनाको पातले हरियो सलाद, चटनी, पुदिना चियासहित विभिन्न प्रकारका खानाहरूमा छुट्टै र अद्वितीय स्वाद थप्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यत्तिकै सहयोग गर्छ । यो गर्मीको समयमा स्वास्थ्यका लागि झन् बढी फाइदाजनक मानिन्छ ।

यसका सम्भावित स्वास्थ्य लाभहरू भए पनि कतिपय अवस्थामा यो हानिकारक पनि हुने भएकाले यसको प्रयोग गर्नुअघि तपाईंले योग्य चिकित्सकसँग परामर्श भने गर्नुपर्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment