सिटी होटलको आइपीओ यसरी भयो बाँडफाँड

०५ जेठ, काठमाडाैं । सिटी होटलको आइपीओ शुक्रबार बाँडफाँड भएको छ । होटलको आइपीओ गोलाप्रथा मार्फत १ लाख ३५ हजार ५९४ जना आवेदकले १० कित्ताका दरले पाएका छन् ।

कम्पनीको आइपीओमा कुल १० लाख ९२ हजार ६६७ जना आवेदकले आवेदन दिएकोमा १० लाख ८७ हजार ६७५ जनाको आवेदन बाँडफाँडका लागि योग्य भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।

होटलले सर्वसाधारणको लागि १३ लाख ५५ हजार ९४० कित्ता सेयर वैशाख २५ गतेदेखि २८ गतेसम्म आइपीओ निष्कासन गरेको थियो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाखको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो ।

कम्पनीले पब्लिकका लागि छुट्याएको कुल १६ लाख ७४ कित्ता सेयरमाध्ये १०% अर्थात् १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकेको छ ।

यस्तै, ४% अर्थात् ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ५% अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिएका हुन् ।

लगानीकर्ताले आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सिटी होटलको वेबसाइटबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

होटलको अधिकृत पूँजी २ अर्ब तथा जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड ६६ लाख छ । संस्थापक तर्फबाट कम्पनीमा जारी पूँजीको ९० प्रतिशत सेयर चुक्ता भइसकेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख कायम भएको छ ।

कम्पनीले काठमाडौंको सोल्टिमोडामा पाँच तारे होटल ह्यात प्यालेससञ्चालनमा ल्याएको छ । यस कम्पनीको स्वामित्वमा रहेका ३ ओटा भवनमध्ये एकमा होटलको भवन , दोस्रोमा ब्याङ्क्वेट हल र तेस्रोमा अपार्टमेन्ट व्यवसायका लागि निर्माण गरिएको छ । अपार्टमेन्ट व्यवसायका लागि निर्माण गरिएको पाँचौदेखि चौधौं तलासम्मको दशओटा अपार्टमेन्टहरू विक्री भैसकको कम्पनीको भनाई छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment