एक हजार ९६४ जनाको नमूना परीक्षणबाट थप ३२ जनामा कोरोना पुष्टि, १२ जना डिस्चार्ज

२४ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार ९६४ जनाको स्वाब परीक्षण गर्दा ३२ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३०४ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र एक हजार ६६० जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ७६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा १२ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या १३३ जना छ । सक्रिय सङ्क्रमितमध्ये २० जना आइसोलेसन, ८ जना आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalPolitic
Comments (0)
Add Comment