‘परस्त्री’ को फस्टलुक पोस्टर सार्वजनिक

२३ वैशाख, काठमाडाैं । आगामी असार १५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘परस्त्री’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक चार पोस्टरमा चलचित्रका मुख्य कलाकार कोसिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्ट फिचर्ड हुनुहुन्छ ।

सार्वजनिक तीन पोस्टरमा अभिनेत्री शिल्पा मास्केलाई स्थान दिइएको छ भने एउटा पोस्टरमा कोसिस र गौरव हुनुहुन्छ । चलचित्रमा अलिसा क्षेत्री, आशान्त शर्माको पनि अभिनय छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको यो चलचित्र काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो ।

डिएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गर्नुभएको छ । खनाल सिनेमाका लेखकसमेत हुनुहुन्छ । सुरज पाण्डेको डेब्यु निर्देशन र निरज कँडेलको छायांकन रहेको यो चलचित्र नेपालीसँगै हिन्दीमा पनि रिलिजको तयारी गरिएको छ । चलचित्रको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ । सिनेमाको प्रविधिको काम र रिलिजको चाँजोपाँजो मिलाउन यतिबेला निर्देशक सुरज पाण्डे र निर्मात्री शर्मिला पाण्डे मुम्बईमा हुनुहुन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment