जेनेरेसन ग्याप

ऋृषि राज दाहाल

१७ बैशाख, काठमाडौ । हाम्रो समाजको जेनेरेसन ग्याप (पुस्तान्तर) को अनुभव र अवस्था जेनेरेशन ग्याप अर्थात् पुस्तान्तर अघिल्लो पुस्ता र पछिल्लो पुस्ता बीचको मनोवैज्ञानिक अन्तर हो। जेनेरेशन ग्यापको समाजशास्त्रीय सिद्धान्त सन् १९६० को दशकमा पहिलो पटक प्रकाशमा आएको थियो, जब युवा पुस्ता उनीहरूका आमाबाबुले संगीत, मूल्यमान्यता, सरकारी र राजनीतिक विचारका साथसाथै आफ्ना आमाबाबुले पहिले विश्वास गरेका सबै कुराको विरुद्धमा गएको देखिन्छ। बाउ-बाजे २० रुपैयाँ जोगाउन २० मिनेट हिड्थे, आज छोरा नाती २० मिनेट जोगाउन २० रुपियाँ खर्च गर्ने चलन छ । समय अनुसार दुवै पुस्ता सही नै होलान् | चिया पसलमा, पाटी–पौवामा, सामुदायिक क्रियाकलापहरुमा बसेर सामाजिक सञ्जाल बिस्तार गर्ने बाजे–बुवा पुस्ता आज नाति पुस्ता सामाजिक सञ्जालमा स्मार्ट फोनबाट जताततै पुगेको देखेर अचम्मित छन् । प्रबिधिले सुबिधा त दियो तर समाजिक संरचनामा परिवर्तन आएको छ, मान्छेहरु एकोहोरिने, सामाजिक प्राणी कोठे प्राणीमा परिणत हुने, मानवीय संवेदना नै देखावटी रुपमा मात्र झल्काउने प्रवृतिहरु बढ्नु, नयाँ पुस्ता पुरानो पुस्तासंग चाल-चलन नमिलेर टाढिने र पुस्तान्तरको खतरा बढेको छ ।

मेरो जिवनकालका केही भोगाईहरु

घटना १

१ – केही समय पहिले एक एकजना चेलिको बिबाह को निम्ता आयो । गएर भोजभतेर पनि खाइयो पछि उनको बैबाहिक सम्बन्ध अगाडि बडन सकेनछ र दोस्रो बिबाह गरेपछी गफै गफमा मैले मेरो एकजाना केटि साथि संग कुरा गर्दा रुप छ, सम्पति छ, अनि के को गारो दोस्रो बिबाह गर्नमा भन्ने जवाफ ले मलाइ म धेरै जेनेरेसन ग्याप अर्थात पुस्तान्तर मा रैछु भन्ने बुझ्न पुगे।

घटना २

२- एकजाना बैनि सायद २०-२५ कि हुनु पर्छ , मैले नियमित अफिस जाने बेलाम देख्दथे , बोलचाल गरेको थिइन , धेरै दिन देखि सधै एउटै लुगा मात्र लगाएको देख्दथे,बसाइ पनि बिपन्न शैलीको नै देखिन्थ्यो। महिनावारी हुँदा लगाएको लुगाको रगतको टाटा पनि लुगामा त्यसै देखिन्थ्यो, मलाइ अलि माया लाग्यो र ए नानि प्रयोग गरेका लुगाहरु छन लगाउदछ्यौ भनेर सोधेको ठाडै अस्विकार गरिन् म छागा बाट खसे ! अझै पनि लुगा फेरेको त देखेको छैन मैले तर म नै नहेरि हिड्न थाले कति धेरै जेनेरेसन ग्याप मा रैछु भन्ने बुझ्न पुगे।

छुट्टै पुस्ताका व्यक्तिहरुको क्रियाकलाप, विश्वास, सौख, भनाई, गराई र चाखहरुमा फरकपन हुनुलाई सामान्यरुपमा पुस्तान्तर भनिन्छ । जब एउटा पुस्ताले गरेको कुरा अर्को पुस्ताले चाख लिंदैन र बुझ्दैन भने त्यो पुस्तान्तर हो । दुई पुस्ताहरु बीच हुने बिबिध सम्वादहरुमा देखिने जटिलता द्वन्द्व वा सम्वादहीनतालाई पुस्तान्तरको रुपमा चित्रण गरिने गरेको पाइन्छ । युवाहरु र प्रौढहरुबीचको संवादहीनताले एक अर्काप्रतिको संस्कार र परम्परालाई बुझ्ने र जान्ने अवसरबाट बञ्चित गराउने गरेको पाइन्छ । यस्तो समस्या आजको बदलिँदो सामाजिक परिवेसमा देखिएको छ जसले गर्दा असमान दुरीमा रहेका सबै पुस्तालाई आफ्नो आफ्नैपन र संस्कारमा बाँच्न र हुर्किंन सिकाउने गर्दछ । फलस्वरुप एकले अर्को पुस्ताको मर्म र भावना नबुझ्ने हुन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment