रवि लामिछानेले कटाए ५० हजार मत

१२ वैशाख, काठमाडौं । प्रतिनिधि सभाको उपनिर्वाचन भएको चितवन क्षेत्र नम्बर २ मा मतगणना अन्तिमतिर पुगेको छ। जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो अन्तरसहित जिततर्फ उन्मुख बनेका छन्।

लामिछानेले ५० हजार भोट कटाएका छन्। लामिछानेले ५० हजार २९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले ९ हजार १६५ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा एमालेका राम प्रसाद न्यौपानेले ८ हजार ८७७ मत ल्याएका छन्।

गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछाने नै विजयी भएका थिए। नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर हुँला लामिछानेको सांसद पद समेत गुमेपछि चितवन २ मा उपनिर्वाचन भएको हो।

सर्वोच्चको फैसलापछि पुन: नेपाली नागरिकता लिएका लामिछाने चितवन २ मा पुन: उम्मेदावर बनेका हुन्।

गत मंसिरको निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत ल्याएर विजयी भएका थिए। उनका तत्कालीन प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र नेकपा एमालेका कृष्ण भक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment