विराट गोल्डकपअन्तर्गत अन्तिम खेल विराटनगर सिटी र भारतबीच

१५ चैत, विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको अन्तिम चरणको खेल पाहुना टोली भारतको केरलास्थित लुका सकर क्लब तथा घरेलु टोली विराटनगर सिटी (बीसीएफ) बीच हुने भएको छ।

सहीद रङ्गशालामा बिहीबार ६:४५ बजे हुने भनिएको अन्तिम चरणको खेलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ।

विराटनगर पूर्वविजेता टोली नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो। विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई १–० गोलले तथा सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो।

त्यसैगरी पहिलो पटक भाग लिएको केरलाले क्वाटरफाइनलमा संकटा क्लबलाई ‘सडनडेथ’मा ८–७ गोलले र सेमिफाइनलमा साबिक विजेता विभागीय टोली एपीएफलाई ‘टाइब्रेकर’मा ४–२ गोलले पाखा लगाउँदै फाइनलका लागि स्थान पक्का गरेको थियो।

साबिक विजेता एपीएफ र लिग खेल्दै आएको ‘ए’ डिभिजन सङ्कटाजस्तो सशक्त टोलीलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले लुका सकरका खेलाडीमा मनोबल उच्च देखिएको छ।

घरेलु टोलीले तेस्रो पटक विराटनगरलाई प्रतियोगिताको उपाधि नजिक पुर्‍याएको हो। विराटनगर छ दशकपछि गोल्डकपको अन्तिम चरणमा पुग्न सफल भएको छ। यसअघि २०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपमा घरेलु टोली मोरङ–११ फाइनलमा पुगेर उपविजेता भएको आयोजकले जनाएको छ।

त्यसबेलाको पहिलो उपाधि भारतको कलकत्ता गोल्डकपको विजेता बनेको थियो। विसं २०१९ मा मोरङ–११ ले उक्त उपाधि हात पारेकामा सातौँ संस्करणसम्म आइपुग्दा घरेलु टोली फाइनलमा पुगेको हो।

विराटनगरमा बधुबार प्री–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने भएका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment