‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना सार्वजनिक, ५ लाखसम्म नगद छुट

१३ चैत, काठमाडाैं । हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै “हुन्डाईसँग नयाँ वर्ष २०८०” योजना ग्राहकहरु माझ ल्याएको छ ।

यो ग्राहकमुखि योजना यही चैत्र १३, २०७९ देखि सुरु भएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले ५ लाख रुपैयाँ सम्मको आकर्षक नगद छुट पाउनेछन् । साथै गाडीको निर्माण वर्षको आधार २ लाखसम्मको छुट , नयाँ वर्ष बोनस ८० हजार सम्म र एक्सचेन्ज बोनस ८० हजारसम्म जस्ता आर्कषक प्राप्त गर्न सक्ने कम्पनील्े जनाएको छ ।

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन्।

हुण्डाईले गएको महिना मात्रै भेन्यू नीओएस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनैपनि गाडी खरिद गरि फाईदा लिन सक्नेछन्।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment