बलिउड निर्देशक प्रदीप सरकारको निधन

१२ चैत्र, मुम्बई । चलचित्र निर्माता प्रदीप सरकारको निधन भएको छ । लामो समयदेखि मृगौलाको समस्याबाट पीडित उहाँको ६७ वर्षको उमेरमा निधन भएको हो ।

प्रदिप सरकार ‘परिणिता’, ‘मर्दानी’, ‘लगा चुनरी मे दाग’, ‘हेलिकप्टर ईला’ जस्ता चलचित्र निर्देशनका लागि परिचित हुनुहुन्छ । उहाँलाई उत्कृष्ट कला निर्देशकको लागि फिल्मफेयर पुरस्कारबाट पनि सम्मानित गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment