निशान गाडीको बिक्रेता पाइनियर मोटो ग्रुपको कारोबार खस्कियो, साढे एक अर्ब कर्जाका लागि रेटिङ

०९ चैत, काठमाडाैं । शारडा ग्रुपद्धारा सञ्चालित पाइनियर मोटो ग्रुपले आर्थिक वर्ष २०२३/२४ को पहिलो सात महिनामा ८९ करोड ६० लाख (अपरिष्कृत) बराबरको आम्दानी गरेको छ ।

कम्पनीले आव २०२२/२३ मा ५ अर्ब ७१ करोड ९० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन आम्दानी आव २०२२/२३ को तुलनामा २०२३/२४ मा घटेको हो ।

यस्तै आव २०२१/२२ मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ८१ करोड ५० लाख रहेको थियो । आव २०२१/२२ को तुलनामा कम्पनीको सञ्चालन आम्दानी आव २०२२/२३ मा ४९.९ प्रतिशतले बढेता पनि आव २०२३/२४मा घटेको छ ।

कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा सहितको कम्पनीको नाफा आव २०२३/२४ को सात महिनामा कुल सञ्चालन आम्दानीको ७.७ प्रतिशत रहेको छ । जुन आव २०२२/२३ मा कुल सञ्चालन आम्दानीको ८.४ प्रतिशत रहेको थियो ।

यस्तै आर्थिक वर्ष २०२२/२३ मा कम्पनीले लिएको कर्जाका ब्याज भुक्तानी गर्न सक्ने क्षमता कम्पनीले लिएको कर्जाको ५.१ गुणा थियो भने आव २०२३/२४मा कम्पनीको उक्त क्षमतामा ह्रास आएको छ । कम्पनीले लिएको कर्जाको ब्याज भु्क्तानी गर्न सक्ने क्षमता आव २०२३/२४ मा कुल कर्जाको १.२ गुणा रहेको छ ।

सन् २०१४ मा स्थापना भएको कम्पनीले सन् २०१७ बाट निशान ब्रान्डका सवारी साधनहरुको आधिकारिक बिक्रेता रहेको छ । कम्पनीले निशानका सवारी साधनहरुको बिक्री वितरण गर्नुका साथै निशान र ड्याटसन ब्रान्डका कम्पनीहरुको स्पेयर पार्टस् तथा एसेशोसरिज र सर्भिसिङ सुविधा समेत सञ्चालन गरेको छ ।

देशभर कमपनीका ३ शोरुम र १० क्षेत्रीय डिलर रहेका छन् । काठमाडौंमा दुई र विराटनगरमा एउटा गरी तीनवटा शोरुम सञ्चालनमा रहेका छन् । कम्पनीमा व्यवसायिक घराना शारडा ग्रुपको लगानी रहेको छ । कम्पनीका प्रमोटर, सेयर होल्डर तथा प्रबन्ध निर्देशक शारडा ग्रुपकै सन्दिप कुमार शारडा रहेका छन् ।

कम्पनीको ८६ प्रतिशत सेलस म्यागनाइट र किक्स मोडलका कारहरुबाट हुने गरेको छ । जसकारण यी दुई मोडल मात्रै ग्राहकको रुचिमा परेका छन् । यी दुई मोडलहरु ग्राहकको रोजाइमा पर्नु र बजारमा एकै रेन्जको मूल्यमा अन्य विभिन्न ब्रान्डका कारहरु उपलब्ध हुँदा प्रोडक्ट कन्सनट्रेसनको अवस्था सिर्जना भएको छ । यस्तै कम्पनीको तरलता अवस्था मध्यम रहँदा आव २०२२/२३मा सञ्चालन आम्दानीमा वृद्धि भएता पनि आर्थिक वर्ष २०२३/२४ मा आम्दानी तथा वित्तीय सूचकको अवस्था आकर्षक देखिएको छैन ।

कम्पनीले १ अर्ब ४९ करोड ५० लाखको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रानेपालले कम्पनीलाई यस अघि १ अर्ब ५१ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लाािग दिएको रेटिङमा घटुवा गरी ए४ रेटिङ गरेको छ । १ अर्ब ५१ करोड ५० लाख बराबरको कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालले यस अघि ए४ प्लस रेटिङ गरेको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment