स्थानिय वासिन्दाले मेन्छियाम हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन पाउने

०९ चैत, काठमाडाैं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओमा आज (चैत ९) गतेसम्म मात्र आवेदन दिन पाउने छन् ।

कम्पनीले फागुन १० गतेदेखि ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाको ५ लाख ४२ हजार ५८३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको थियो ।

कम्पनीले स्थानिय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागी कुल ६ करोड ५१ लाख १० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँको आइपीओ भने बाँडफाँड भइसकेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका आवेदन दिन सक्ने छन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

स्थानिय बासिन्दाले आयोजना स्थल, मादी नगरपालिका वडा नम्बर ७, वागा, चैनपुर नगरपालिका वडा नम्बर ३, तिनखोप्रे रेडक्रस भवनका सार्थ एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalPolitic
Comments (0)
Add Comment