बिहीबार १२ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा २५ रुपैयाँले वृद्धि

०९ चैत, काठमाडाैं । बिहीबार स्थानिय बजारमा सुन-चाँदीको भाउ फेरी बढेको छ । हिजो २ हजार रुपैयाँले घटेको सुनको भाउमा आज पुनः वृद्धि भएको हो ।

आज छापावाला सुन १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोही सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन हिजो १ लाख ९ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीमा २५ रुपैयाँले वृद्धि भएको छ । हिजो १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९७५.६१ र चाँदी प्रतिऔंस २२.९४ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment