पायोनियर मोटो कर्पको निसान गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने

०८ चैत, काठमाडौं । निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ।

बैंक र पायोनियरबीच भएको सम्झौता अनुसार निसानका गाडीमा खरिद गर्ने ग्राहकले नबिल बैंकबाट सहजै कर्जा लिन सक्ने भएका हुन्।

बैकको तर्फबाट कर्पोरेट प्रमुख चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्पको तर्फबाट सह-महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि नबिल बैंकका सबै शाखाहरूबाट ग्राहकलाई गाडीको लागि शुलभ ऋण सुविधाहरू सजिलोसँग उपलब्ध हुने भएको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment