प्रधानमन्त्री थ्री नेसन्स कप: आज लाओससँग खेल्दै नेपाल

०८ चैत, काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत आज (बुधबार) पहिलो दिन नेपाल लाओससँग खेल्दैछ। खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

एन्फाले फिफा विन्डोको समयमा थ्री नेसन्स कप आयोजना गरेको हो। थ्री नेसन्स कपमा नेपालसँगै लोओस र भुटानले खेल्नेछन्। साँझ ६ बजे हुने खेलमा ५०० र १ हजार दरका टिकट बिक्री खुला गरिएको छ।

प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउने बताइएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५०० अमेरिकी डलर र हरेक खेलको प्लेयर अफ द म्याच खोडीलाई २५० अमेरिकी डलर पुरस्कार दिइनेछ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment