आर्थिक विकासका लागि निजीकरणलाई प्राथमिकता दिँदै श्रीलंका

०७ चैत, काठमाडाैं । सन् २०२२ मा टाट पल्टिएको घोषणा गरेको श्रीलंकाले सन् २०२३ मा आर्थिक विकासमा जोड दिएको छ ।

देशको समष्टिगत अर्थतन्त्र व्यवस्थापन तथा भ्रष्टचार बढ्दै गएपछि श्रीलंका टाट पलिटएको थियो । टाट पल्टिएको श्रीलंकाको उद्धारको काम अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गरेको छ ।

हालै आइएमएफले श्रीलंकालाई ३ अर्ब डलर सहयोग गरेको थियो । जसकारण श्रीलंकामा देखिएको डलर संकटको समस्या न्युनिकरकण भएको छ । विभिन्न अन्तराष्ट्रिय संघसंस्थाबाट सहयोग पाइरहेको श्रीलंकाले आर्थिक विकासका लागि निजीकरणलाई प्राथमिकतामा राखेको हो ।

श्रीलंकाका विदेश मन्त्री अलि साब्रीले देश विकासका लागि आवश्यक फन्ड उठाउनको लागि संघसंस्थाहरुको पुर्नसंगठन गर्ने र राष्ट्रिय ध्वजावाहक एयरलाइन्सलाई सकेत निजीकरण गर्ने जनाएका छन् । निजीकरणले समेत श्रीलंकाको आर्थिक अवस्थामा सुधार ल्याउन समय लाग्ने विश्लेषकहरुको भनाइ रहेको छ ।

सन् २०२२ मा श्रीलंकाको अर्थतन्त्र ११ प्रतिशतले खुम्चिएको थियो । सन् २०२३ मा श्रीलंकाको अर्थतन्त्र ४ प्रतिशतले खुम्चिने प्रक्षेपण आइएमएफले गरेको छ । सन् २०२२ र २०२३ मा आर्थिक वृद्धि दर ऋणात्मक रहेता पनि सन् २०२४ मा श्रीलंकाको अर्थतन्त्रमा सकरात्मक सुधार आउने विश्लेषकहरुको भनाइ रहेको छ ।

एस एन्ड पी ग्लोबल रेटिङ एजेन्सीले श्रीलंकाको आर्थिक अवस्थामा सुधार आउन, आर्थिक स्थायीत्व कायम हुन र सरकारी वासलात सुदृढ हुन लामो समय लागरने जनाएको छ । यसै महिना आइएमएफले ३ अर्ब डलर सहयोग गरेसँगै श्रीलंकामा लगानी गरेका चीन र भारतले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

श्रीलंकाले चीनबाट ७ अर्ब डलर र भारतबाट १ अर्ब डलर ऋण लिएको थियो । हालको अवस्थामा ऋण भुक्तानी गर्ने इच्छा भएतापनि भुक्तानी गर्न सक्ने क्षमता नभएको साब्रीले जनाएका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment