सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति पुग्यो ?

०५ चैत, काठमाडाैं । सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार तोलामा २ हजार ९०० रुपैयाँले बढेर सुनको भाउले ऐतिहासिक उचाई चुमेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुन पनि तोलामा २ हजार ९०० ले बढेर १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

अमेरिकाको दुई ठूला बैंक र युरोपका एक बैंकहरु संकटग्रस्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी गर्नेहरु बढ्दा स्थानीय बजारमा सुनको भाउले आकाश छोएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९८८ र चाँदी प्रतिऔंस २२.६० डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

शुक्रबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ७ हजार १०० रुपैयाँ र तेजावी सुन तोलाको १ लाख ६ हजार ६०० रुपैयाँमा मा कारोबार भएको थियो ।

यता शुक्रबारको तुलनामा आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार ५ रुपैयाँले बढेर १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

यसभन्दा अघि २०७९ माघ १९ गते छापावाला सुन १ लाख ७ हजार ५०० पुगेर नयाँ रेकर्ड बनाएको थियो । सुनचाँदी व्यवसायीहरुले सुनको भाउ अझै वृद्धि हुने आँकलन गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment