बलिउडमा डेब्यू गर्दैछन् अल्लु अर्जुन

२८ फागुन, काठमाडौं । दक्षिण भारतीय फिल्मका सुपरस्टार अल्लू अर्जून बलिउडमा डेब्यू गर्दैछन्।

उनी सन्दीप रेड्डी वंगा तथा भूषण कुमारको फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेका हुन्। अल्लू अहिले पुष्पा–२को सुटिङमा व्यस्त छन्।

टी– सिरिज तथा वंगा भद्राकाली प्रोडक्सनमा बन्न लागेको फिल्मको टाइटल भने ‘भद्रकाली’ हुनसक्ने अनुमान छ। यस फिल्म अध्यात्मिक कनेक्सनबारे हुनसक्ने जनाइको छ।

टी–सीरिजका सञ्चालक भूषण कुमार हिन्दी फिल्ममा काम गर्ने दायरालाई फिल्ममार्फत् तोड्न खोजिएको बताउँछन्।

टी– सिरिज तथा भद्रकाली प्रोडक्सन ‘एमिनल’ फिल्ममाथि पनि काम गर्दैछन्। यस फिल्ममा रणवीर कपुर, अनिल कपुर र रश्मिका मन्दाना देखिनेछन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment