कलाकार संघको महासचिबमा नायक संजय खतिवडाको उम्मेदवारी घोषणा

२७ फागुन, काठमाडौं । नेपाल चलचित्र कलाकार संघको चैत्र ४ गते हुनगईरहेको आसन्न चुनाबमा नायक संजय खतिवडाले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत महासचिव पदका लागि उम्मेदवारी घोषणा गर्दै सहयोग गर्न सबैमा अपिल गरेका छन् ।

सक्रिय रुपमा कलाकारहरुको हकहितमा बुलन्द आवाज उठाउँदै आएका खतिवडा नेतृत्व सम्हाल्न सक्षम रहेको चलचित्र वृत्तका विज्ञहरु बताउछन् । विगत २ दशकदेखि सक्रिय रुपमा चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा रहेर कलाकारहरुको हितमा वकालत गर्दै आएका खतिवडा कलाकारितालाई समेत निरन्तरता दिँदै आगामी दिनहरुमा अझ बेसी सक्रियता जनाउने बताउँछन् । कलाकारहरुको हक-हित र अधिकारको लागि सधैँ सपर्पित हुँदै र कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटका साथ आफूले उम्मेदवारी दिएकाे उनकाे भनाइ छ ।

महासचिब पदमा उम्मेदवारी दिनको लागि पनि आफू भन्दा अग्रज कलाकार, पत्रकार, तथा समकालीन साथीहरुसंग सल्लाह-सुझाव लिएरै अगाडि बढेको उनी बताउछन । उनि फेसबुक मार्फत यस्तो लेख्छन :

नेपाल चलचित्र कलाकार संघको गरिमा र अग्रजहरुले दिएको योगदान र उहॅाहरुको संम्मान लाई जिबन्त संग्रहित एवं ब्यवस्थापन संगै कला ,कलाकार हरेक राष्ट्रको पहिलो पहिचान हो भन्ने तथ्यलाई आफ्नै देशमानै स्थापित एवं स्मरण गराई विश्वमा यसको गरिमा प्रस्तुत गर्न प्राथमिकताका साथ राज्य र संयन्त्रको उचित पहल कदमीकालागि पनि कुशल ब्यवसाहिक संगठनको जरुरत पर्दछ। यस्ता धेरै प्रकृतिका हाम्रा आबश्यकता एवं चाहनालाईलाई अभिब्यक्त गर्न पनि म कलाकार संघ मार्फत महासचिवको जिम्मेवारीमा एकपटक सेवा गर्न चाहेको छु। संपुर्ण विशिष्ट, बरिष्ट एवं समकालिन पेशाकर्मीज्युहरु प्रति यो हालको अबस्थाको उच्च मुल्यांकन गरि आगामी नेतृत्वका लागी उपर्युक्त निर्णयका साथ मताधिकार प्रयोग गर्नुहुनेछ भन्ने पुर्ण विश्वास लिएको छु।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment