बुधबार सुनको भाउमा भारी गिरावट

२४ फागुन, काठमाडाैं । बुधबार सुनको भाउ भारी गिरावट आएको छ ।

मंगलबार ३०० रुपैयाँले घटेर १ लाख २ हजार ५ सयमा कारोबार भएको सुन बुधबार पुन १ हजार रुपैयाँले घटेर १ लाख १ हजार ५ सयमा कारोबार भएको हो ।

यता बुधबार तेजावी सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन आइतबार १ लाख २ हजार रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी ४० रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८११.०५ र चाँदी प्रतिऔंस १९.९९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment