तनहुँ. १ मा एमाले बाट दीपकराज जोशी र कांग्रेस बाट गोविन्द भट्टराई बीच प्रतिस्पर्दा

१६ फागुन, तनहुँ । पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएसँगै निर्वाचनमा जुट्यो जोशी समुह अवसरको सही सदुपयोग गर्दै विरासत जोगाउने रणनीतिमा फागुन १५ । राष्ट्रपतिमा नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएसँगै तनहँुमा नेपाली कांग्रेससँग असतुष्ट बनेको कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समुह निर्वाचनको रणनीतिमा जुटिसकेको छ । नेता पौडललाई आठ दलको साझा उम्मेदवार भएकोले जीत सुनिश्चित भएसँगै तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुने स्थिती सृजना भएकोले जोशी समुह निर्वाचनमा जुटेको हो । अवसरको सही सदुपयोग गर्दै जोशी समुहले जीत हासिल गरी गुमेको आफ्नो विराशत कामय राख्ने दाउमा रहेको छ । क्षेत्र नम्बर १ मा कांग्रेस बलियो रहेको र त्यसमाथि माओवादी केन्द्र, एकिकृत समाजवादीको साथ पाएपछि कांग्रेसको जीत सुनिश्चित देखिएकाले एमालेले जोशी समुहलाई सघाउने सम्भावना रहेको छ । 

नेपाली कांग्रेसबाट अलगिएर स्वतन्त्र बनेको जोशी समुहलाई सघाएको अवस्थामा कांग्रेसको उम्मेदवारलाई हराउन सक्ने भएकोले एमालेले जोशी समुहलाई साथ दिने सम्भाव प्रवल रहेको छ । सरकारलाई समर्थन फिर्ता गरेको राप्रपाले पनि जोशी समुहले साथ लिएर चुनाव जित्ने दाउमा छ । कांग्रेसको भोट बाँडिएर जीत हासिल गर्छु भन्ने दाउ एमालेले लिएपनि पराजित भएपछि जोशीलाई सहयोग नगरेकोमा पश्च्याताप गरेका छन् । पूर्व सहमहमन्त्री जोशी राजनीतिको चतुर खेलाडी रहेकोले यस अवसरलाई सदुपयोग गरेर आफ्नो वर्चश्व कायम राख्ने रणनीति बनाउने देखिन्छ । जोशी समुहले एमाले, राप्रपा र जनमुक्तीको साथ पाएमा जीत हासिल गर्ने देखिन्छ । मंसिर ४ गते सम्पन्न मत परिणाम नेता जोशी र एमालेका एकबहादुर रानाको मत जोड्दा कांग्रेसको भन्दा धेरै हुन्छ त्यसमाथि सरकारको विपक्षमा रहेका राप्रपा र जनमुक्तीको मत समेत पाएको अवस्थामा स्वतन्त्र जोशी समुहको जीत सुनिश्चित जस्तै देखिएको छ । तनहुँमा यतिबेला जोशीले छोरा दीपकराज जोशी उम्मेदवार बनाउने सम्भावना देखिएको चर्चा चल्न थालेको छ । नेपाली कांग्रेसको तर्फबाट गोविन्द भट्टराई उम्मेदवार बन्ने निश्चित जस्तै छ । भट्टराई केन्द्रीय राजनीतिमा पहुँच पुुगेकोले कांग्रेसको टिकट पाउने अवस्था छ । दीपक गत स्थानीय तहको निर्वाचन २५२ को  थोरै मतान्तरले पराजित भएका थिए भने भट्टराई २०७४को प्रदेश सभा निर्वाचनमा एमालेका रामबहादुर गुरुङसँग फराकिलो मतान्तरले पराजित भएका थिए । जोशी समुहलाई साथ नलिएमा २०७४ को निर्वाचन जस्तै हार हुने डर भट्टराईमा छ । यदी कांग्रेसले दीपकराज जोशी लगायत जोशी समुहका कार्यकता लगायतको संरक्षण नगरेमा क्षति व्यहोर्नु पर्ने अवस्था छ । येस पाली  दीपकराज  जोशी एमाले बाट सुर्य चिन्ह लिएर उठ्ने कुरा बजार मा आएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment