राजेन्द्र लिङ्देनको मन्त्री अनुभव– कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेका रहेछन्

१५ फागुन, काठमाडौं । निवर्तमान उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्रप्रसाद लिङ्देनले आफू मन्त्री हुँदाका अनुभव बाँडेका छन्। उनले कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको टिप्पणी गरेका छन्।

मन्त्रीबाट शनिबार मात्र राजीनामा बुझाएका राप्रपाका अध्यक्ष समेत रहेका लिङ्देनले सोमबार सामाजिक सञ्जालमार्फत उक्त अनुभव सार्वजनिक गरेका हुन्।

लिङ्देनले ४ वटा बुँदामा आफ्ना अनुभव सार्वजनिक गर्दै कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको आरोप लगाएका छन्।

त्यस्तै, देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा रहेको र नागरिक समाज आवश्यकता भन्दा धेरै नकारात्मक रहेको अभिव्यक्ति दिएका छन्।

पुस १०को राजनीतिक समीकरणमा फेरबदल आएपछि राप्रपा शनिबार सरकारबाट बाहिरिएको थिए।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment