एक हप्तामा १२ सयले घट्यो सुन

१४ फागुन, काठमाडाैं । गत फागुन ७ गते १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आइतबार (फागुन १४) गते १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो अवधिमा सुनमा प्रतितोला १२ सय रुपैयाँले गिरावट आएको हो ।

आज सुन ४०० रुपैयाँले घट्दै १ लाख २ हजार रुपैयाँ कायम भएको छ । अस्ति शुक्रबार सुन प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यता आइतबार तेजावी सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीमा पनि गिरावट आएको छ । आज चाँदी १५ रुपैयाँले घट्दै १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८११ र चाँदी प्रतिऔंस २०.७६ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment