कागेश्वरी मनाेहरा नगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रम सम्पन्न (फोटोफिचर)

०५ माघ, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सबैका लागि खेलकुदू भन्ने मुल नारा’को साथ चार दिन सम्म चल्ने प्रतियोगिता शुक्रबारबाट शूरु भएको छ ।

मूलपानी पाटिटार चौरमा विभिन्न विद्यालयको मार्चपासबाट भब्य रुपमा शूरु भएको कार्यक्रम नगर प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नु भएको थियो । मेयर कार्कीले विद्यार्थीको क्षमता अभिबृद्धि गर्न अतिरिक्त क्रियाकलपमा जोड दिनुहुँदै खेलकुद क्षेत्रको विकासमा प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

उद्घाटन गर्नुहुँदै मेयर कार्कीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भब्य र उल्लासमय वातावरणमा शूरु गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरीको रुपमा विकास गर्ने उद्देश्यका साथ आफू अगाडि बढिरहेको मेयर कार्कीले जानकारी पनि गराउनुभयो ।

नगरपालिकाले खेलकुद पूर्वाधार बनाउने र विद्यालयस्तरदेखि नै अतिरिक्त क्रियाकलपको रुपमा नियमीत खेलकुद गतिविधी सञ्चालन गर्दै राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा खेल्न सक्ने गरि खेलाडी उत्पादन गर्न लागिपरेको मेयर कार्कीले बताउनुभयो ।

मेयर कार्कीले ९ वटै वडाहरुमा खेलकुदका पूर्वाधार बनाउन लागिपरेको बताउँदै खेलकुदका पूर्वाधार निर्माणको लागि सम्भाब्यता अध्ययन समिति गठन भएकाले समितिले प्रतिवेदन बुझाएपछि खेलकुद परिषद, मन्त्रालयदेखि अन्तराष्ट्रिय दातृ निकायसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रम आयोजक समितिका संयोजक एवं वडा नंं ७ का वडाध्यक्ष भीमसेन थापाले खेलकुद नगरीको रुपमा विकास गर्ने नगर प्रमुखको संकल्पलाई यस्ता कार्यक्रमले थप सहयोग पुग्ने बताउँनुभयो ।

कार्यक्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु, खेलकुद सँग सम्बन्धीत कार्यालय प्रतिनिधिका साथै स्थानीयको पनि बाक्लो सहभागिता थियो ।

पहिलो दिन आज एथलेक्टिस अन्तर्गतका खेलहरु शूरु भएको छ भने शनिबारदेखि सबै विधाका खेल खेलाइनेछ ।

प्रतियोगितामा ३५ वटा विद्यालयका सयौ खेलाडीहरु सहभागि भएका छन् ।

उद्घाटन सत्रमा विभिन्न विद्यालयहरुले गरेको मार्चपासदेखि नृत्य कार्यक्रमले निकै उल्लासमय वातावरण बनेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment