आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

०४ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लिग लिडर आर्सनललाई हराएको छ। आर्सनलमाथि सिटीले ३–१ को सानदार जित निकालेको हो।

सिटीको जितमा केभिन डि–ब्रयना, ज्याक ग्रिलिस र एर्लिङ हालाण्डले १–१ गोल गरे। २४ औं मिनेटमा डि–ब्रयनाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको ४२ औं मिनेटमा पेनाल्टीमार्फत् बुकायो साकाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

दोस्रो हाफको ७२औं मिनेटमा ग्रिलिसले ग्रिलिसले गर्दै पुनः सिटीलाई अग्रता दिलाएका थिए। ८२ औं मिनेटमा हालाण्डले गोल गरेपछि सिटीले ३–१ को प्रभावशाली जित निकाल्यो।

जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ। २३ खेल खेल्दै ५१ अंकका साथ सिटी शीर्ष स्थानमा छ।
सिटीभन्दा १ खेल कम खेलेको आर्सनल पनि समान अंकका साथ दोस्रो स्थानमा छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment