रामायणबाट निकालिएका ऋतिक रोशन , क्रिस ४ मा ध्यान केन्द्रित

२८ माघ, मुम्बई । ऋतिक रोशन नितेश तिवारीको ‘रामायण’बाट बाहिरिएका छन् । नितेश तिवारी निर्देशित फिल्ममा ऋतिक ‘रावण’ र रणवीर कपूर ‘राम’को भूमिकामा रहने दाबी गरिएको थियो । तर अहिले ऋतिक रोशनले यो फिल्मबाट बाहिरिने निर्णय गरेका छन् । ऋतिकले रामायण छाड्नुको कारण भनिएको छ, ‘विक्रम वेध’ मा ‘वेधा’ को नेगेटिभ क्यारेक्टर खेलेपछि उनी फेरि रामायणमा ‘रावण’ जस्तो नेगेटिभ भूमिका खेल्न चाहँदैनन्, त्यसैले उनले फिल्म छाड्ने निर्णय गरेका छन् ।

ऋतिकको सट्टा कन्नड सुपरस्टार यश फिल्म ‘रामायण’ मा ‘रावण’ को भूमिका निभाउने बताइएको छ । यता, ऋतिक रोशन फेरि सुपरहिरो बन्ने तयारीमा छन् ।‘रामायण’ छोडेपछि ऋतिकले अगाडि बढ्ने निर्णय गरेका छन् र आफ्नो सबै फोकस आगामी फिल्म ‘क्रिस ४’ मा केन्द्रित गरेका छन् । लामो समयदेखि यो फिल्मको चर्चा चलिरहेको छ । अब यसको बारेमा नयाँ अपडेट आएको छ।

गत महिना, ऋतिकले आफ्ना बुबा राकेश रोशनसँग क्रिश ४ को स्क्रिप्ट लक गरे र उनी यसलाई सकेसम्म चाँडो सुरु गर्न उत्साहित छन्। ऋतिकले सबै योजना कागजमै तयार गरिसकेका छन् र अब उनी फिल्मलाई फ्लोरमा लैजान आतुर छन् र उपयुक्त समयको पर्खाइमा छन् । यो फिल्ममा उनी कुनै पनि जोखिम लिन चाहँदैनन्, त्यसैले हरेक सानो कुराको पूर्ण ख्याल गरिरहेका छन् । यसका लागि उनी हलिउड निर्देशकको खोजीमा छन् ।

यस सम्बन्धमा उनी केही निर्देशकलाई भेट्न लस एन्जलस पनि जान सक्ने बताइएको छ ।क्रिस भारतीय सिनेमाको सबैभन्दा मनपर्ने पात्र मध्ये एक हो र उनको कमब्याक लामो समयदेखि अपेक्षा गरिएको थियो। जब ऋतिकसँग पहिलेदेखि नै प्रोजेक्टहरू थिए, त्यो समयमा क्रिस उनको लागि प्राथमिकतामा थिएन। तर अब उनी ‘रामायण’को हिस्सा नभएकाले जतिसक्दो चाँडो कृष फिल्ममा काम सुरु गर्न चाहन्छन् । यसै क्रममा यस सम्बन्धमा आएको अपडेटलाई हेर्दा अन्ततः ‘क्रिस ४’ सुरु हुनै लागेको देखिन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment