बौद्धको वृत्तलाई मेयर कार्कीको पहलमा कागेश्‍वरीमा सार्ने तयारी

१६ माघ, काठमाडौं । काठमाडौंको बौद्धमा रहेको महानगरी प्रहरी वृत्ताई कागेश्वरी मनोहरा नगरपालिकामा सार्ने तयारी भएको छ। कागेश्‍वरीको वडा नम्बर ६ मा उक्त वृत्त सार्ने तयारी थालिएको हो।

कागेश्वरीमा बढ्दो जनसंख्यासँगै अपराधका घटनामा वृद्धि भएकोले शान्ति सुरक्षाका लागि प्रहरी वृत्त सार्ने तयारी सुरु गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए।

उनका अनुसार प्रहरी वृत्त स्थापनाका लागि नगरपालिकाले सम्पूर्ण सहयोग गर्न तयार रहेको छ। उनले प्रहरी प्रशासनलाई आधुनिकीकरण गर्दै नगरबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी सफल हुने विश्‍वाश व्यक्त गरे।

उनले भने,’ कागेश्वरी मनोहराभित्र बौद्ध प्रहरी वृत्त राख्‍न म आफू बढी जागरुक र चिन्तित छु। यो प्रक्रियालाई हप्ता १० दिनमै टुंग्याउने गरी अगाडि बढेका छौं।’

उनले प्रक्रिया लामो भएर अलमलियो भने दोस्रो वैकल्पिक उपाय आफूसँग रहेको बताउँदै काम थाल्‍न पनि उनले प्रहरीलाई आग्रह गरेका छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment