“छिटो उचाईमा आउने व्यक्ति भनेको छिटो पतनमा आउने पनि रहेछ” – खुला पत्र

अर्पना नकर्मी

१५ माघ, काठमाडाैं । छिटो उचाईमा आउने व्यक्ति भनेको छिटो पतनमा आउने पनि रहेछ l रबि लगाएत धुर्मुस- सुन्तलीको स्थिति त्यहि भएको छ l तर के गर्नु सिके राउत लगाएत बिचरा जनतालाई कानुन मिचेर आफै सर्बेसर्बा ठान्ने व्यक्ति आशाको केन्द्र भएछ l

राज्यमा कानुन सबैलाई समान रुपले लागु हुन्छ l कुनै व्यक्ति संचार माध्याम हल्लायो र माफियाको भित्रि मतियार बनेर आफु बलियो भयो भन्दैमा सबै छुट हुन्थ्यो र ? रबि बिरुद्दको फैसलाले सम्मानित सर्बोच्च अदालतले देशमा कानुनी राज्य छ है भन्ने बनाएको छ l त्यहि मुद्दामा अरुलाई चाही कानुन लाग्ने तर मेडिया हल्लाएर, माफिया सित साँठगांठ गरेर आफु बलियो बनेका र जनतालाई सेनटिमेन्टल ब्याकमेलिङ्ग गर्ने व्यक्ति भन्दैमा उनलाई छुट हुन्थेन र त्यो अनुरुपको परिणाम आयो l जे होस् अहिले यो रवि बिरुद्दको मुद्दाको इजलासमा नमागेको फैसला दिने अनैतिक न्यायमुर्ति नभएकोले अहिले देशमा कानुनी राज्य नगुमेको संज्ञा पाईयो l तर निर्बाचन आयोगले जिम्बेवारी र उत्तरदायित्व बफादारी पुर्बक नगर्दा जनतालाई निराश बनाएको छ l

गृह मन्त्रालय नै छानेर त्यसमा बसेर खेलेर आफु बिरुद्दको अनुसन्धान नि दबाउन सकिन, सत्ताको आडले राज्यको संयन्त्रले आफ्नो मुद्दाको प्रतिबाद नि गरिदिने र आफ्नो भित्रि दलालभ्रष्ट मतियारहरुको सेवा पनि गर्न सकिने भनेर सोचिएको थियो तर त्यो ३२ दिन मै गयो l कोहि पनि व्यक्तिले कानुन मिच्छ भने राज्यको सम्बन्धित निकायले कानुनी दायरामा ल्याउने हो l त्यसमा कसैले भनि रहनु पर्दैन l तर ठुलो भ्रष्टचारीमा कहलिएका र आफूमाथिको अनुसन्धान राज्यको निकायहरु किनेर दबाएका महाप्रसाद अधिकारी उर्फ एम अधिकारीको चासो र स्वार्थमा काम गरिदिने गृह मन्त्रि हुनु भनेको विडम्बनाको कुरो हो l जो गृह मन्त्रीले एम अधिकारीको कुरा सुनेर उनको रिस उठेको व्यक्तिलाई ठिक पार्न पृथ्वी बहादुर भन्ने माथि सिआइबि लगाएर छानबिन चलायो l यी एम अधिकारी र अर्का महाभ्रष्ट डा. युबराज खतिवडाको लागि रबि कति जाति थिए l तब यिनकै हितका लागि १४ बर्ष अगाडी घटेको अरबौको घोटाला पनि रबिले उनको टिमको दिपक बोहरा भन्ने ठगि गर्ने व्यक्ति मार्फत डिल गराई सार्बजनिक हुन् बाट रोकेका रहेछन l त्यति मात्रै हैन यी भ्रष्टहरुको लागि सिआइबिले अनुसन्धान नै नगरी दर्जनौ निर्दोष गाउले माथि क्यापिटल मर्चेन्ट भन्ने बैंकको बैङ्किङ्ग कसुरको मुद्दा चलाएको रहेछ l यी भ्रष्टले जे भन्यो र चाह्यो नेपाल प्रहरी – सिआइबिले त्यहि गर्ने ? झन् रबि आए पछि त यी भ्रष्टहरुको त चकाचक भएको पो रहेछ l

ठुला भ्रष्ट र ठग सित मिलेमतो तर साना कर्मचारीको पछि लाग्ने गर्थे भन्ने कुरा चरितार्थ भएको छ l बिडम्बनाको कुरो गगन थापा र रबि यी महाभ्रष्टबाट संचालिंत भन्दा लाजित हुनु पर्ने भएको छ l यी भ्रष्टहरु लगाएत अरु माफिया र रविको टिमको मोबाइ जाँचेर यिनलाई कानुनी दायरामा ल्याउने अब देशमा देखिन्नन l बिकम्पको शक्ति बन्न आएको शक्ति यस्तो पुराना दल भन्दा भ्रष्ट देखिनु बिडम्बनाको कुरो हो l

रविको पार्टीको दुई मन्त्रिबाट यिनको टिमले पहिले निकै अनैतिक फाइदा लिएको पनि सजिलै बुझ्न सकिन्छ l स्टिंग अपरेशनको लागि भनेर जापान र दुबाई गएर नाटक मन्चन त्यसै गरेका रहेनन्छन् l ति मन्त्रि जस्तैको सहयोगले भएको रहेछ l

अनि निर्बाचन आयोगको प्रमुख आयुक्त पनि यहि भ्रष्ट माफियाबाट घेरिएर त रबि माथिको उम्बेद्वारीको छानबिन गरेका रहेनन्छन l यी प्रमुख आयुक्तले आफ्नो जिम्बेवारी पुरा नगर्दा र बेइमानी गर्दा आज देशलाई भार परेको स्थिति छ l जनताले कर तिरेर उठेको राजस्व खेर गएको छ र देश झन्झटमा फसेको छ l

डा. तोसिमाको ललितपुर र अर्का गुरुङको रुपन्देहीमा उम्बेद्वारी खारेज गर्ने प्रमुख आयुक्त तपाईले किन रबिलाई छुट दिनु भयो ? तपाई र तपाईको टिम माथि किन छानबिन नगर्ने ? यो प्रतिष्टित राजनीतिज्ञ, बरिष्ट वकिल र विश्लेषकहरुको भनाई छ तपाईहरु माथि छानबिन गर्ने पर्छ l तसर्थ यदि नैतिकता छ भने राजिनामा दिन बिलम्ब नहोस l आफ्नो नियुक्ति लिनु पुर्ब कसैको डर र धम्कि नमानी… भनेर सपथ खाएर अहिले यस्तो गैर जिम्बेवारी पुर्बक ब्यबहार गर्ने, देश र जनतालाई धोका दिने र नैतिक आचरण गर्ने कार्यले हामीलाई लज्जित बनाएको महसुश भएको छ l सपथ बिपरित कार्य गरेपछि कठघरामा किन नउभिने भन्ने हो l यस्तो निर्बाचन आयोगको बेइमानी, गैर जिम्बेवारी पूर्ण ब्यबहारले रबिले त्यस्तो संबेदनशिल मन्त्रालय चलाउन पुगे र देश प्रति ठुलो गद्दारी गरिएको महसुश भएको छ l

अब तपाई निर्बाचन आयोगको प्रमुख आयुक्त लगाएत आयुक्तहरुको राजिंमामा कुर्ने मात्र सचेत जनताको आशा भएको छ l

धन्यबाद l

अर्पना नकर्मी
गैरीधारा, काठमाडौँ



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment