नेसन्स लिगको सेमिफाइनल ड्र सार्वजनिक, इटालीले स्पेनको सामना गर्ने

१२ माघ, काठमाडौं । युईएफए नेसन्स लिगको सेमिफाइनल ड्र सार्वजनिक भएको छ। स्पेन, इटाली, क्रोएसिया र नेदरल्याण्ड नेसन्स लिगको सेमिफाइनलमा पुगेका थिए।

बुधबार सार्वजनिक गरिएको ड्रमा सेमिफाइनल पुग्ने टिमले आ–आफ्नो प्रतिस्पर्धी पाएका छन्। ड्र अनुसार इटालीले स्पेनको सामना गर्नेछ। यी दुई टोली पछिल्लो समय युरोकप २०२१ को सेमिफाइनलमा आमनेसामने भएका थिए। इटालीले स्पेनलाई टाईब्रेकरमा पराजित गर्दै फाइनल पुगेको थियो। पछि इटाली युरो च्याम्पियन समेत बनेको थियो।

यसअघि सन् २०२१ मा पनि यी दुई टोली नेसन्स लिगको सेमिफाइनमा एकअर्काबीच प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला स्पेनले इटालीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो।

त्यसैगरी, अर्को सेमिफाइनल नेदरल्याण्ड र क्रोएसियाबीच हुने भएको छ। आयोजक राष्ट्र नेदरल्याण्ड र क्रोएसियाबीचको खेल जुन १४ मा हुनेछ। दोस्रो सेमिफाइनल स्पेन र इटालीको खेल जुन १५ मा हुनेछ।

फाइनल र तेस्रो स्थानका लागि जुन १८ मा खेल हुनेछ। यी सबै खेल नेदरल्याण्डको डी क्वीप रोट्टरडम र ट्वान्टी स्टेडियम एनस्किडेमा हुनेछन्।

फाइनल खेलपछि नयाँ सिजनका खेल २०२४ को मार्च २१ बाट सुरु हुनेछन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment