चर्चित म्युजिक भिडियो ‘रेलको बाटो’ भारतको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव छानियो

११ माघ, काठमाडौँ । भारतको प्रतिष्ठित चलचित्र महोत्सव मध्ये एक ‘बाबासाहेब डा. बी.आर. अम्बेडकर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को तेस्रो सँस्करणमा लक्ष्मण सुनार निर्देशित चर्चित नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ छानिएको छ । योसँगै सुनिल पाण्डे निर्देशित नेपाली लघु चलचित्र ‘कथा आँफै बोल्छ’ र दुई वृत्तचित्रहरु योगेन मान गोर्खाली निर्देशित ‘बिशुपति’ र बिशाल रोका मगर निर्देशित ‘लाहुरेनी’ पनि उक्त महोत्सवमा छानिएका छन् ।

‘रेलको बाटो’मा अभिनय गर्दै मोडल चिरन्जिवी सापकोटा
‘रेलको बाटो’ महोत्सवको प्रेरक म्युजिक भिडियो श्रेणी अन्तर्गत छानिएको हो । मार्च २१, २०२१ मा यूट्युबमार्फत रिलिज भएको ‘रेलको बाटो’ले यो समाचार तयार पार्दासम्म ६० लाख ६५ हजार भन्दा धेरै भ्युज प्राप्त गरेको छ । यसमा लेखराज गिरीको शब्द एवं सुरज पण्डितको स्वर तथा संगीत रहेको छ भने भिडियोमा चिरिन्जिवी सापकोटा, सरस्वति खत्री र लक्ष्मण देवकोटाको अभिनय रहेको छ । गीतको अडियो तथा भिडियोमा नेपालको विकट स्थानहरुको सडकहरुको दयनिय अवस्था र राज्यले बाँडिरहेको रेलको सपनाबारे उल्लेख गरिएको छ ।

कुनै पनि देशका कुनै पनि भाषामा बनेका फिचर चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा प्रेरक म्युजिक भिडियोले उक्त महोत्सवमा भाग लिन पाउँछन् । यो महोत्सव फेब्रुअरी २१ देखि २३ सम्म भारतको महाराष्ट्रमा आयोजना हुँदैछ ।

भिडियो हेर्नुहोस्ः



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment