आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

०९ माघ, काठमाडौं । नेपाली बजारमा आज सोमबार पहेँलो धातु सुन भाउ प्रतितोला तीन सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबारको तुलनामा सोमबार चाँदी तोलामा ५ रुपैयाँ बढेको हो। सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment