बलिउडकै पहिलो किस सिन दिने अभिनेत्रीलाई रातभर श्रीमानले पिट्थे

०८ माघ, मुम्बई । चलचित्र जगतकी सुन्दर नायिका मध्येकी एक देविका रानीले समाजलाई नयाँ दिशा देखाउनले अभिनेत्रीको रुपमा चिनिन्छ । भारतीय सिनेमा अभिनयको दुनियाँमा प्रवेश गर्ने पहिलो केही महिलामध्ये उनलाई गनिन्छ। आज चलचित्र जुन मुहानमा छ, त्यसमा देविका रानीको ठूलो योगदान छ ।

तर यो यात्रा उनको लागि कठिनाइले भरिएको थियो। देविका पहिलो महिला थिइन् जसले किसिङ सीन दिएर आतंक मच्चाइन् । विदेशमा पढेपछि देविका निकै खुल्ला स्वभावकी थिइन् । तर उनको व्यक्तिगत जीवन कठिनाइले भरिएको थियो। अभिनेत्रीका पतिको व्यवहार उनीसँग राम्रो थिएन।

वास्तवमा फिल्ममा आउनुअघि नै उनी प्रेममा परेकी थिइन् र चर्चित अभिनेता तथा चलचित्र निर्माता हिमांशु रायसँग विवाह गरिन् । १९३३ मा आएको फिल्म ‘कर्मा’ मा देविका र हिमांशुले जोडीको भूमिका निभाएका थिए । यो फिल्ममा करिब ४ मिनेटको लामो किसिङ सीन दिइएको थियो । त्यो युगको सबैभन्दा साहसी कदम थियो।

हिमांशु र देविकाले मिलेर बम्बे टकीज, पहिलो प्रोफेशनल स्टुडियोको जग बसालेका थिए र कडा परिश्रम गरेर धेरै सफलता हासिल गरेका थिए। तर देविकाले यसको श्रेय कहिल्यै पाईनन् । विवाहको केही वर्षपछि देविकालाई थाहा हुन्छ कि हिमांशु विवाहित भइसकेका छन् र छोरीको पिता पनि हुन् ।

यसपछि दुवैको सम्बन्ध बिग्रन थाल्यो । हिमांशुले देविकासँग दुर्व्यवहार गर्न थाले । एकपटक उनलाई यति नराम्ररी पिटियो कि उनी भुइँमा लडेर रगतको भल बगेको थियो । हिमांशु रायको सन् १९४० मा नर्भ ब्रेकडाउन भएर मृत्यु भएको थियो । हिमांशुको मृत्युपछि देविकाले निर्माताका रूपमा स्टुडियो चलाइन् ।

पछि उनले स्टुडियोको सबै सेयर बेचेर रूसी कलाकार स्वेतोस्लाभ रोरिचसँग विवाह गरिन् । रोरिचसँग विवाह गरेपछि मात्र उनी बाँच्न चाहेको जीवन पाएकी थिइन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment