सबै नागरिकलाई प्रोटिनजन्य खानेकुरा उपलब्ध गराउने सरकारको प्रयास पर्याप्त छैनः प्रधानमन्त्री दाहाल

०७ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रोटिनयुक्त खानपानको व्यवस्था सबै नागरिकमाझ पुर्‍याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै उनले खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास हुने पनि बताए। उनले देश अहिले पोल्टी व्यवसायमा आत्मनिर्भर भएको बताएका छन्।

‘समग्रमा खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास गर्नेकुरामा जोड गर्दै आएका छौँ’, उनले भने, ‘नेपाल सरकारको तर्फबाट भइराखेका प्रयासहरु पर्याप्त छैनन् भन्नेकुरा तथ्य तथ्यांकले देखाएको छ।’

दाहालले वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका छन्। अहिलेको सरकारले स्वास्थ्यको क्षेत्रमा नयाँ शुरुवात गर्ने तयारी गरेको भन्दै जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्न लागेको उाको भनाई छ।

उनले भने, ‘वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने गर्नुपर्छ। स्वास्थ्यको क्षेत्रमा सरकारले नयाँ शुरुवात गद्र्रछ। यो क्षेत्रमा जनताको सेवाको लागि सरकारले गर्नुपर्ने काम धेरै छ। फेरि म तेस्रो कार्यकालमा जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्दैछौँ।’

प्रधानमन्त्री दाहालले स्वास्थ्यको क्षेत्रमा सरकारले गर्नुपर्ने कामहरु धेरै रहेको भन्दै आगामी दिनमा जनमुखी सेवा प्रवाहका लागि आवश्यक नीति निर्माण गरी काम गर्ने प्रतिवद्धता जनाए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment