गदर फिल्मको सिक्वेलका लागि सन्नी देओलले लिए अहिले सम्मकै मोटो रकम

०७ माघ, काठमाडौं । सन् २००१ मा सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म गदर रिलिज भएको थियो । फिल्म रिलिजसँगै बक्स अफिसमा राम्रै काउन सफल भयो । अहिले गदर २ फिल्मको कार्यतालिका सार्वजनिक भएपछि सबैलाई फिल्मको प्रतिक्षा छ । फिल्म यसै वर्ष रिलिज हुँदैछ । फिल्मको दोस्रो भागका लागि सम्पूर्ण स्टारकास्टले ठूलो रकम लिएका छन् ।

मिडिया रिपोर्टका अनुसार फिल्मका कलाकारले सिक्वेलका लागि करोडौं पारिश्रमिक लिएका छन् । सबैभन्दा पहिले फिल्मको मुख्य पात्र सनी देओलको कुरा गरौं । रिपोर्टलाई विश्वास गर्ने हो भने अभिनेताले फिल्मका लागि करिब ५ करोड भारु लिएका छन् । यद्यपि उनले यो फिल्मका लागि निकै मेहनत पनि गरेका छन् ।

यस मामिलामा फिल्मकी मुख्य अभिनेत्री सकीना पनि कम छैनन् । अमिषा फेरि एकपटक सकीनाको भूमिका निभाउन लागेकी छिन् जसका लागि उनले करिब २ करोड भारु पारिश्रमिक लिइरहेकि छिन् । यस फिल्ममा तारा सिंह र सकिनाको छोराको भूमिका उत्कर्ष शर्माले निभाएका थिए । उत्कर्ष अहिले ठूला भइसकेका छन् ।

फिल्ममा तारा र सकिनाका छोरा चरणजीतलाई ठूला भएको देखाइनेछ भने उत्कर्ष शर्माले फेरि त्यही भूमिका निर्वाह गर्दैछन् । रिपोर्टलाई विश्वास गर्ने हो भने उनले यो भूमिकाका लागि करिब १ करोड भारु लिइरहेका छन् ।योसँगै फिल्मको दोस्रो भागमा पनि नयाँ पात्रहरु देखिनेछन् । जसमा सिमरत कौर र लव सिन्हाको नाम समावेश छ।

उनले फिल्मका लागि धेरै पैसा पनि लिएका छन् । ८० लाख र ६० लाख रुपैयाँ लिएका छन् । यसै क्रममा मिडिया रिपोर्टमा पाकिस्तानी आर्मी जनरलको भूमिका निभाइरहेका मनिष वाधवाले करिब ६० लाख रुपैयाँ लिने शुल्क पनि उल्लेख गरेका छन् ।फिल्म यसै वर्ष रिलिज हुनेछ । यस्तो अवस्थामा फ्यानहरुको जोशलाई कायम राख्न निर्माताहरुले ठूलो निर्णय लिएका छन् ।

दोस्रो भाग रिलिज गर्नुअघि चलचित्रको पहिलो भाग हलमा प्रदर्शन गर्ने निर्णय निर्माण पक्षले गरेको छ । मिडिया रिपोर्टका अनुसार ‘गदर २’ अघि ‘गदर स् एक प्रेम कथा’ फ्यानका लागि फेरि एकपटक रिलिज हुनेछ । यो खबर सुनेपछि फ्यानहरु हर्षित भएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment