तल्लो बलेफिखोला आयोजना बनाउन रिडी पावरको ५० प्रतिशत हकप्रद बेच्ने प्रस्ताव

०४ माघ, काठमाडाैं । रिडी पावर लिमिटेडले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीले तल्लो बलेफिखोला जलविद्युत आयोजना निर्माण गर्नका लागि विद्यमान सेयरधनीबाट रकम संकलन गर्ने निर्णय भएको हो ।

कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रदजारी गरेर ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ स्वःपुँजी व्यवस्थापन गर्न खोजेको हो ।

कम्पनीको माघ ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले प्रस्तावित बोनस सेयरपछि कायम हुने चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँको १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

बैठकले रिडी पावरको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपुँजी व्यवस्थापन गर्न हकप्रद बिक्री गर्ने निर्णय गरेको प्रबन्ध सञ्चालक कुबेरमणि नेपालले जानकारी दिए ।

हकप्रद बिक्री गर्नका लागि कम्पनीले विद्युतम नियमन आयोगमा पनि स्वीकृति पेश गर्ने र साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिका लागि पेश गरिने जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment