ग्लोबल पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाललाई एतिहासिक सफलता, नेपाली टोली दोश्रो

२५ पुस, काठमाडौं । ईन्डोनेशियाको जकार्तामा हालै सम्पन्न ग्लोबल पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली प्रतिष्पर्धी DRS GAMING टिम दोश्रो भएर $२ लाख ( रू साढे २ करोड) पुरस्कार पाएको छ। टर्कीको एसटूजी पहिलो भएको छ। बिश्व Championship मा नेपाली टोलि दोश्रो भएको हाे । यो कुनै पनि नेपाली खेलकुदमा सबै भन्दा ठूलो सफलता हो ।

बालेनले ई स्पोर्ट्सको लागि बजेट छुट्याउदा नबुझेर यो त्यो भन्दै अनेक भन्नेहरु आज नेपालले नाम राख्यो भनेर समाचार आउँदा सबैभन्दा पहिले बधाई दिराको रहेछ्न ।

प्रविधिमा नेपाली युवाहरू पनि विश्वस्तरीय छन् कोही भन्दा कम छैनन् तर मालको चाल नपाएको नेताहरूको नेतृ्तव भएको मुलुकमा जन्मनु पऱ्यो, त्यसैले यहॉका सबै ब्रेन ईन ड्रेन हुन पुगेको छ। यस्तो प्रविधि र प्राविधज्ञ अमैत्री मुलुकमा पनि युवाहरूले आफ्नो प्राविधिक प्रतिभाको करामत देखाईरहेका छन् । मुलुकको नाम उज्ज्वल पार्न सफल DRS GAMING टिमका युवा डिजिटल प्राविधिकहरूलाई मुरी मुरी बधाई!

जय होस सबैको ।।।बधाई नेपाल।।।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment