साहेब !

साहेब !
तपाईंको नगरमा,
दुईछाक खानाकाेलागि,
मैले भारी बोकेर हिंड्दा,
सहरको सौन्दर्यता,
बिग्रिन्छ हाेला !

त्यसैले,
माथीको आदेश अनुसार,
तलका नगरप्रहरीहरुले,
मेरो नाम्लो खोस्नु अघि नै,
म तपाईंको शहर छोडेर,
आफ्नो गाउँ फर्कँदैछु !

साहेब !
म सहरको सौन्दर्यताको,
बाधक हुँला,
तर गाउँको सौन्दर्यताको,
साधक हुँ !

किनकी साहेब !
घाँस, दाउरा, गोठाला, खेताला,
धुलोको गन्ध, माटोको सुगन्ध,
चराको चिरबिर, खोलाको कलकल
भावनाको अटल, मनको निश्चल
खेत जोत्ने हलिया, भारी बोक्ने भरिया…
यी सबै शहरकालागि कुरुपता होलान्,
…तर गाउँकालागि सधैं सुन्दरता हुन्,
शान, मान र ईमान हुन् 🙏

gajureal FB Post
(तस्वीर साभार : शिक्षक मासिक)



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment