पुरुष बनाउने जीन समाप्त हुँदै, महिला मात्रै अस्तित्वमा रहनसक्ने

१९ पुस, एजेन्सी । कुनै पनि व्यक्तिको लिंगको निर्धारण क्रोमोजममा निर्भर रहन्छ ।

प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित अनुसन्धानका अनुसार पुरुषमा वाई क्रोमोजोम बिस्तारै हराउँदै गएको छ । यसको स्थानमा नयाँ लिंग जीन विकास भएन भने पुरुष संसारबाट लोप हुने वैज्ञानिकहरुको अनुमान रहेको छ ।

वाई क्रोमोजोमले बच्चाको लिंग निर्धारण गर्छ

मानिस र अन्य स्तनधारीको कुरा गर्दा स्त्री जातिसँग दुईवटा एक्स क्रोमोजोम हुन्छन् । तर, पुरुषमा भने एक्स क्रोमोजोमसँगै सानो वाई क्रोमोजोम पनि हुन्छ। एक्स क्रोमोजोममा ९ सय वटा जीनहरू हुन्छन् । लिंग निर्धारणसँग यसका कुनै सरोकार राख्दैन ।

वाई क्रोमोजोममा ५५ वटा जीनहरू हुन्छन् । यो क्रोमोजोम आकारमा सानो हुन हुन्छ, तर यसको काम ठूलो र महत्त्वपूर्ण छ। यसमा एक आवश्यक जीन एसआरवाई हुन्छ, जसले गर्भधारण भएको १२ हप्तापछि बच्चामा अण्डकोषको विकास गर्न भूमिका निर्वाह गर्छ । भ्रूणमा यी अण्डकोषले पुरुष हर्मोनको उत्सर्जन गर्दछ, जसको कारण पुरुष लिंग भएको बच्चा जन्मन्छ।

हराउँदै छ वाई क्रोमोजोम

अनुसन्धानका अनुसार पुरुष मानव र अन्य स्तनधारीहरुमा वाई क्रोमोजोम घट्दै गएको छ । यो अनुमान अस्ट्रेलियाली प्लैटिपसद्वारा गरिएको छ। यिनीहरुमा एक्स र वाई क्रोमोजोमको जिन संख्या बराबर रहेको हुन्छ । यसबाट वैज्ञानिकहरूले पत्ता लगाएका छन की कुनै समय मानिसमा पनि एक्स र वााई क्रोमोजोमको जीनको संख्या बराबर थियो। यसको मतलब वाई क्रोमोजोममा पनि ५५ को सट्टा ९०० वटा नै जिन थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment