फिल्ममा भविष्य नदेखेपछि दुबईमा कामदार बनेकी नायिका सारा !

१७ पुस, काठमाडौं । नायिका सारा सिर्पाली दुबईमा रहन थालेकी छन् । नेपाली फिल्ममा राम्रो सफलता हात पार्न नसकेपछि उनी दुबईमा नै काम गर्न थालेको बताइएको छ । । दुबईमा निक्कै आकर्षक जागिर पाएपछि साराले उतै काम गर्न थालेको बताइएको छ ।

सारा अभिनित फिल्म ‘गुञ्जन’ पौषको २९ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा सारा नै केन्द्रिय भूमिकामा छिन् । नेपाली फिल्म उद्योगमा भविष्य नदेखेर हिँडेकी सारा फिल्म प्रमोसनमा आउने सम्भावना कम छ। साराले ३ फिल्ममा अभिनय गरिन्। फिल्म प्रचारका क्रममा उनको निकै चर्चा पनि भयो। तर उनका कुनै पनि फिल्म उद्योगमा सफल हुन सकेनन्। फिल्मी करिअर बनाउन नसकेपछि उनले जीवनलाई नयाँ बाटोमा डोराएकी उनै अब उतै बस्न लागेकी हुन् ।

फिल्ममा प्रितमराज सेन्चुरी र कविर खड्का मुख्य भूमिकामा छन् । साराले तीन फिल्ममा काम गरेपनि ती सबै नचलेपछि विकल्प खोजेकी हुन् । उनले, नायक अनमोल केसीसँग फिल्म हनी बनीमा काम गर्ने पक्का भएपनि अन्तिममा उनको भिसा नलागेपछि जसिता गुरुङ फिल्ममा प्रवेश गरेकी थिइन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment