लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस घोषणा

१४ पुस, काठमाडाैं । लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ७ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । पुस १३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट कम्पनीले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाबट अनुमोदन भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड २७ लाख ८४ हजार ५५० रुपैयाँ रहेको छ । ७ प्रतिशतले हुन आउने ९ करोड १८ लाख ९४ हजार ९१८ रुपैयाँ बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड ४६लाख ७९ हजार ४६८ रुपैयाँ पुग्नेछ ।

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स एक आपसमा मर्जर प्रक्रियामा रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment