भ्वाइस अफ नेपाल सिजन ४ काे विजेतामा करण राई

०९ पुस, काठमाडौं । राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता करण राई बनेका छन् । हिजो शुक्रबार भएको ग्राण्ड फिनालेमा उनी विजेता घोषित भएका हुन् ।

अमेरिकामा बसोबास गर्दैै आएका नेपाली भाषी करण राईले ‘द भ्वाइस अफ नेपाल ४’को उपाधि जितेका हुन् । आज सम्पन्न फाइनलमा उनले चर्चित रियालिटी शोको उपाधि हात पारेका हुन् ।

उनले नगद २५ लाख पुरस्कार प्राप्त गरे ।

करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।

टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भएका छन् । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment