वाम–लोकतान्त्रिक सरकार बन्ने सम्भावना नै सबैभन्दा बढी : झलनाथ खनाल

०४ पुष, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी सरकार बन्ने कुनै सम्भावना नरहेको बताएका छन् । नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा नेता खनालले वामपन्थी सरकारको कुरा उठेपनि एमाले नेतृत्वले सबै आधार तोडेकोले त्यो असम्भव रहेको बताएका छन् ।

वाम–लोकतान्त्रिक शक्तिहरूको सरकार बन्ने सम्भावना नै अहिले सबैभन्दा बढी रहेको खनालले बताए ।उनले थोरै सांसद भएपनि आफ्नो एकीकृत समाजवादी धारिलो, तीखो र लक्ष्यगत ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘संख्या पुर्‍याएर सरकार बनाउने, कुनै न कुनै मन्त्रालय लिनेमात्र भएर अघि बढ्यौ भने अग्रगतिमा जाँदैन । नीति र कार्यक्रमका आधारमा सरकारमा जानुपर्छ’, उनले भने, ‘हामीले जल्दाबल्दा सवाल राष्ट्रियताका सवाल बुलन्द रूपमा सदनमा उठाउनुपर्ने हुन्छ । थोरै सांसद भएपनि समाजवादी दिशातर्फ अघि बढ्न सकौं । हामी धारिलो, तीखो र लक्ष्यगत ढंगले काम गरौं ।’

आगामी चुनावमा एकीकृत समाजवादी देशको नम्बर १ पार्टी बन्नेगरी ५ वर्ष काम गर्न पनि उनले सांसदहरुलाई आग्रह गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment