सहकारीको सन्दर्भ व्याजदर १९ प्रतिशत कायम गर्न महासंघको माग

२३ मंसिर, काठमाडाैं । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाको सन्दर्भ ब्याजदर १९ प्रतिशत कायम गर्न माग गरेको छ । संघले शुक्रबार सन्दर्भ ब्याजदर वृद्धि गर्न भन्दै सहकारी विभाग समक्ष सिफारिश पत्र नै बुझाएको छ ।

बैक तथा वित्तिय संस्थामा तलरता अभाव चुलिए पछि वित्तिय संस्थाले ब्याजदर बढाएका छन् । बैंकहरुले गत असोजमा निक्षेपको ब्याजदर वढाए १२.३३ प्रतिशतसम्म पु¥याएका छन् भने गत कार्तिक देखि कर्जामा समेत ब्याजदर बढाएका छन् ।

वित्तिय संस्थामा ब्याजदर वृद्धि भएपछि सदस्यहरुले सहकारीबाट निक्षेप निकाल्दै बैक तथा वित्तिय संस्थामा सार्न थालेको संघले जनाएको छ । त्यस्तै सहकारीले प्रवाह गरेका कर्जा असुली हुन नसक्दा सहकारीमा समेत नगद अभाव चुलिन थालेको संघले जनाएको छ । तसर्थ सहकारीको सन्दर्भ ब्याजदर समय अनुरुप वृद्धि गर्न संघले विभागलाई आग्रह गरेको हो ।

सहकारी संस्थाले आफुखुशी ब्याज तोकेको भन्दै विभागले सहकारी संस्थाको सन्दर्भ ब्याजदर तोक्न थालेको हो । विभागले पहिलो पटक १४.७५ प्रतिशत सहकारीको सन्दर्भ ब्याजदर तोकेको थियो । दोस्रो पटक ब्याजदर वृद्धि री १६ प्रतिशत कायम गरेको हो ।

महासंघले विभागलाई पत्र बुझाउँदै बजार अनुरुप स्वचालित रुपमा सन्दर्भ ब्याजदर घटबढ हुने गरी पुनरावलोकन हुनुपर्ने माग राखेको छ ।

त्यस्तै, सम्पति रोक्का, कालो सुचीमा समावेश लगायतका व्यवस्था मार्फत सहकारी संस्थाहरुको खराब ऋण असुलीमा आवश्यक सहयोग गर्नुपर्ने, सरकारका विभिन्न कोषमा रहेको रकम राष्ट्रिय सहकारी बैंकलाई सहुलियतपूर्ण ब्याजमा उपलब्ध गराउन सिफारिश गरी तरलता व्यवस्थापनमा सहयोग गर्नुपर्ने, ऐनमा व्यवस्था भए बमोजिम कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण तथा बचत तथा कर्जा सुरक्षण कोषको कार्यान्वयन हुुनुपर्ने, सहकारी क्षेत्रको बिषयमा सकरात्मक सन्देश प्रवाह हुने गरी सदस्य तथा आम समुदायमा सहकारी विभागबाट अपिल जारी गर्नुपर्ने महासंघले विभागसँग माग राखेको छ ।

विभागले सन्दर्भ ब्याजदर तोके पछि केही सहकारीले भने अझै पनि आफुखुसी ब्याजदर कायम गर्दै आएको सहकारीकर्मीहरु नै बताउछन् । यस अघि पनि सहकारीहरुले कर्जामा २४ प्रतिशतसम्म ब्याज असुल गर्दै आएको पाइएको थियो।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthNews
Comments (0)
Add Comment