एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्छ : सुरेन्द्र पाण्डे

२२ मंसिर, चितवन । निर्वाचनको परिणाम अनुसार कुनै दलको स्पष्ट बहुमत नआएपछि मुलुक थप संकटमा जाने खतरा रहेको भन्दै नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अस्तिरताको संकट टार्न काङ्ग्रेस एमाले मिल्नुपर्ने बताए।

दलहरूले प्राप्त गरेको सिटबाट बन्ने संसदले दिने परिणामको आशा घटेको उनको भनाइ छ। देशमा संकट परेको बेलामा एमाले काङ्ग्रेस थुप्रैपटक सहकार्य गरेको स्मरण गराउँदै उनले ठूला शक्ति मिले सत्ता बार्गेनिङको खेल नहुने बताए। सत्ता संचालनमा सहकार्य तत्काल सम्भावना नरहेको भए पनि राष्ट्रिय हितको मुद्दामा एक हुनुको विकल्प नभएको उनको भनाइ छ।

पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पाण्डेले राजनीतिक र आर्थिक संकट बढ्ने खतरा रहेको बताउँदै सरकारमा सहभागी नभए पनि अस्थिरताका मुद्दामा एक हुनपर्नेमा जोड दिए।

उनले धेरै दल मिलेर सरकार बनाउँदा हुने बार्गेनिङले प्रधानमन्त्री कमजोर हुने बताए। ‘मुलुकको हरेक कालखण्डमा मुख्य मुद्दा हल गर्न यी दुईदलको मुख्य भुमिका रह्यो। सरकार हुँदा होस् या बाहिर भएर पनि सहकार्य भएको छ’, उनले भने, ‘अस्थिरता हटाउन एमाले काङ्ग्रेस सहमति गर्नै पर्छ।’

अहिले गठबन्धनको सरकार बने पनि त्यो दिगो नहुने उनले बताए। अहिले एमाले प्रतिपक्षमा बस्न तयार रहेको भन्दै राजनैतिक परिस्थितिले दिएपछि सरकारमा जान सकिने बताए। ‘काङ्ग्रेस र एमाले अलग बने धेरै दल मिलेर सरकार बनाउनु पर्छ। सबैलाई खुशी बनाउन पर्ने हुँदा त्यसले असन्तुष्ट बढ्ने र प्रधानमन्त्री कमजोर हुन्छन्। यसैले हो अस्थिरता ल्याउने’, पाण्डेले भने, ‘गठबन्धनले केही गर्न सकेन भने त्यो बेला एमाले आउ सम्हाल भन्यो भने एमाले पछि हट्दैन।’

तत्कालको परिवेशमा बाम एकता हुने सम्भावना नरहेको उनको भनाइ थियो। निर्वाचनमा स्वतन्त्र पार्टिको जीतप्रति लक्षित गर्दै यो भेलबाढी मात्र भएको प्रतिक्रिया दिए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNewsPolitic
Comments (0)
Add Comment