एनसेल मोबाइल सेवा डेढघण्टासम्म अवरूद्घ

२२ मंसिर, काठमाडौं । डेढघण्टासम्म अवरूद्घ रहेकाे एनसेल मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ । बिहीबार बिहानदेखि अवरुद्ध कम्पनीको सेवा ११ बजेदेखि पुनःस्थापना भएको हो ।

सडक विस्तारका क्रममा दमौली र सिन्धुलीमा अप्टिकल फाइबर चुँडिदा देशभर कम्पनीको मोबाइल सेवा अवरुद्ध भएको थियो । जसबाट करिब डेढ घण्टा जति कम्पनीका ग्राहकले मोबाइल तथा डेटा सेवा प्रयोग गर्न पाएका थिएनन् ।

यद्यपि कम्पनीले आधिकारिक तवरमा सेवा अवरुद्ध हुनुको कारण खुलाइसकेको भने छैन ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment