स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

२० मंसिर, काठमाडौं । मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको राउण्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो ।
एजुकेसन सिटी स्टेडियममा निर्धारित ९० मिनेटको खेल र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

पेनाल्टीमा मोरक्कोले बाजी मार्यो ।

पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे ।

बदर बेनोनले गोल गर्न सकेनन् ।

पेनाल्टीमा स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भए ।

अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगल र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment