कतार विश्वकप – गोल्डेन बुट कसले जित्छ ?

०१ पुस, काठमाडौं । कतार विश्वकपको फाइनल समीकरण पूरा भईसकेको छ ।

कतार विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।
विश्वकपको उपाधि भिडन्त पक्का हुँदा सर्वाधिक गोलकर्ताले पाउने ‘गोल्डेन बुट’ अवार्डका लागि भने तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

अहिलेसम्म गोल्डेन बुटका दाबेदारमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे रहेका छन्।

दुबैले समान ५ गोल गरिसकेका छन् ।

यस्तै अर्जेन्टिनाका जुलियन अल्भारेज र फ्रान्सका ओलिभर जेरुड पनि दाबेदारको सूचीमा छन् ।

अल्भारेज र जेरुडले समान ४ गोल गरेका छन् ।

कतार विश्वकपमा गोल्डेन बुटका दाबेदार –

१. केलियन एमबाप्पे – ५ गोल

२. लियोनल मेस्सी – ५ गोल

३. ओलिभर जेरुड – ४ गोल

४. जुलियन अल्भारेज – ४ गोल

५. कोडी गाक्पो, मार्कुस राषफोर्ड, अल्भारो मोराटा, इनर भ्यालेन्सिया, बुकायो साक, रिचार्लिसन, गोन्कालो रामोस – ३ गोल



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment