कतार विश्वकप : तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दै

०२ पुस, काठमाडौं । कतार विश्वकप फुटबलमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीचको खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार राति ८:४५ बजे दुई देशबीचको खेल हुन लागेको हो।

प्रतियोगिताको फाइनल अघि नै तेस्रो स्थानमा पुग्ने टिमको टुंगो लाग्नेछ। विश्वकफ फुटबलको फाइनलमा सोमबार अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।

क्रोएसिया साविक विजेता हो भने मोरक्को पहिलो पटक सेमिफाइनल पुगेर फ्रान्ससँग पराजित भएको टिम हो। दुवै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छन्। मोरक्को फ्रान्ससँग २-० ले पराजित भएको हो भने क्रोएसिया अर्जेन्टिनासँग ३-० ले पराजित हुँदै तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्न पुगेको हो।

समूह चरणमा भएको क्रोएसिया र मोरक्कोबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो। आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच फाइनल खेल भएसँगै कतार विश्वकपको समीकरण पूरा हुनेछ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment